२०८२ चैत्र १६ | Mar 30, 2026

सांसदहरूसँग समूहगत छलफलमा प्रधानमन्त्री बालेन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
357 views

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सांसदहरूसँग समूहगत छलफल सुरु गरेका छन् । सचिवालयका अनुसार, हाल कर्णाली र कोशी प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ र सबै दलका सांसदहरू सहभागी छन् ।

प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग पनि आजै छलफल गर्ने कार्यक्रम तय गरेका छन् । प्रदेशअनुसार छुट्टाछुट्टै समूहमा छलफल गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार, आज नभ्याएका सांसदहरूसँग फेरि अर्को दिन छलफल हुनेछ

यसअघि हिजो प्रधानमन्त्री शाहले क्याबिनेटका मन्त्रीहरूसँग योजना र कामको समीक्षा गर्दै कुनै अलमलमा नपरी काम अघि बढाउन निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया