२०८२ चैत्र १५ | Mar 29, 2026

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
459 views

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि शुक्रबार बिहान राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत उच्च पदस्थ व्यक्तित्व, कूटनीतिक नियोगका प्रमुख लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया