राष्ट्रिय वाणिज्य बैंक लि.को पूर्ण लगानीमा सञ्चालित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो १०औं वार्षिक सफलता पूरा गरी ११औं वर्षमा प्रवेश गरेको अवसरमा मिति २०८२ माघ १५ गते विहिबार यल्लो पगोडा होटलमा भव्य बार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले गर्नु भएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले स्वागत मन्तव्य दिँदै कम्पनीको आर्थिक प्रगतिबारे संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो ।
कम्पनीका विवरण अनुसार, आर्थिक वर्ष २०७३÷७४ मा प्रति शेयर आम्दानी (EPS) ०.३५ रुपैयाँ रहेकोमा आ.व. २०८१÷८२ मा यो २८.८७ रुपैयाँ पुगेको छ। त्यस्तै, नेट वर्थ १००.७५ रुपैयाँबाट १३७.८५ रुपैयाँमा वृद्धि भएको छ। कुल आयमा २,२२१.६५% वृद्धि देखिएको र आ.व. २०८१÷८२ मा २०% नगद लाभांश सहित कुल ७३.६६% लाभांश राष्ट्रिय वाणिज्य बैंक लि.लाई प्रदान गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक तथा व्यवस्थापकको रुपमा रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत तीन सामूहिक लगानी योजनाहरु सञ्चालनमा छन्: आरविवि म्युचुअल फण्ड १, आरविवि म्युचुअल फण्ड २ र आरविवि फोकस ४०। आ.व. २०८१÷८२ मा आरविवि म्युचुअल फण्ड १ ले २०% र आरविवि म्युचुअल फण्ड २ ले १३% नगद लाभांश इकाईधनीहरुलाई प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले कम्पनीको भावी योजना र सम्भावित चुनौतीहरूबारे पनि जानकारी दिनुभयो। कार्यक्रममा उत्कृष्ट हितग्राही खाता संचालन गर्ने पाँच शाखा—सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी र ईटहरी—का शाखा प्रमुखहरुलाई र उत्कृष्ट लगानी गर्ने दुई ग्राहकहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
समारोहमा कम्पनीका संचालकहरु श्री दुर्गा कुमारी कंडेल, श्री राम कुमार थापा, श्री भीम प्रसाद घिमिरे, श्री कृष्ण श्रेष्ठ, श्री नरेश जंग थापा, साथै विशेष अतिथिहरूमा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्ररमण खनाल, सीडीएस एण्ड क्लियरिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत श्री प्रविन पन्दाक, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री कबिराज अधिकारी, पूर्व अध्यक्ष श्री किरण कुमार श्रेष्ठ, पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, आरविवि म्युचुअल फण्डका कोष सुपरिवेक्षक सि.ए. मधुवीर पाण्डे, र राष्ट्रिय वाणिज्य बैंक लि.का कर्मचारी युनियन अध्यक्षहरु लगायत उपत्यका भित्रका सम्पूर्ण शाखा प्रमुखहरु, उपत्यका बाहिर इटहरी र सुर्खेत शाखा प्रमुखहरु तथा आरविवि मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरु उपस्थित थिए ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया