ललितपुर – कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि बढ्न थालेका छन् ।
मनोनयनपछि प्रमुख दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, रोजगारी, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगर मनोनयन दर्ता गराउनुभएको छ भने क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता एनपी साउद र नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबीच प्रतिस्पर्धा हुँदैछ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया