२०८२ फाल्गुन ६ | Feb 18, 2026

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु -सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
1.1k views

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।


विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । सभापति थापा सानेपा पुग्दा पक्षमा नाराबाजी भएको थियो । गगन सानेपा पुग्दा कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया