२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
2.9k views

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५० पैसा कायम छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ १७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा तोकिएको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम, थाई भाट, मलेसियन रिङ्गेट, कोरियन वन, स्विडिस तथा डेनिस क्रोनरको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३८२ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यक परे विनिमय दर जुनसुकै बेला संशोधन हुन सक्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया