२०८२ चैत्र १९ | Apr 02, 2026

बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
306 views

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताउनुभयो । उहाँले आगामी वैशाखदेखि खोप लगाइने बताउनुभयो ।

यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । ‘दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।’

यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया