२०८२ चैत्र १८ | Apr 01, 2026

सङ्खुवासभामा ढङ्गाले लागेर मजदुरको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १७
|
102 views

सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढङ्गाले लागेर एकजना मजदुरको मृत्युु भएको छ ।

सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो ।

आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो । सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सदरमुकामदेखि ४० किलोमिटर दुरीमा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया