|
|
२०८२ चैत्र १६
204 views
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । विभागका अनुसार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
खड्कालाई यसअघि अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको थियो । गएराति साढे १२ बजेतिर लगातार बान्ता भएपछि नर्भिक अस्पताल लगिएको र त्यहाँबाट त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
हाल उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया