ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बजारमा अण्डाको माग उल्लेख्य रूपमा बढेको छ । मागसँगै यसको मूल्य पनि क्रमिक रूपमा उकालो लागेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको फार्म मूल्य बढाएको हो ।
सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिके्रट ९३० वटा० ३० रुपैयाँले बढ्दै ४९५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डा ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । त्यस्तै, मझौला अण्डाको फार्म मूल्य पनि बढाएर प्रतिके्रट ४७५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो ।
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यतिबेला फार्ममा ठूलो अण्डा प्रतिके्रट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले निर्वाचनको वातावरण बन्नु तथा सीमा क्षेत्रमा कडाइ बढ्नुका कारण अण्डाको मूल्य बढेको बताउनुभएको छ । उहाँका अनुसार अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादनमा कमी आउनु र बन्द रहेका विद्यालयहरू खुल्नुलगायत कारणले पनि मूल्यमा सुधार देखिन थालेको हो ।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने सङ्घले जनाएको छ । यसअनुसार किसानको लागत मूल्य प्रतिके्रट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ । लागत नजिक पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसान निरास बनेका थिए । हाल मूल्य बढ्ने संकेत देखिएपछि किसानमा आशा पलाएको छ ।
सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया