२०८२ फाल्गुन ६ | Feb 18, 2026

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको विद्युत् आपूर्ति बलियो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
612 views

ललितपुर – नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको आर्थिक वृद्धि र ठूला उद्योगहरूको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार, पहिले ३३ केभी क्षमताको प्रसारण लाइनले विद्युत् आपूर्ति गर्दा बारम्बार बत्ती जाने, ओभरलोड र लो-भोल्टेजको समस्या देखिन्थ्यो। अब नयाँ लाइनले ती समस्यामा उल्लेख्य सुधार आउने छ ।

उहाँले भने, “आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुनेछन् र ती उद्योगहरूले सबैभन्दा बढी विद्युत् उपयोग गर्नेछन् ।

पुसको तेस्रो साता स्थलगत निरीक्षण गर्दै कार्यकारी निर्देशक शाक्यले आयोजना छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो । आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्ड समयमै सम्पन्न भएको जानकारी दिनुभयो । अब दोस्रो खण्ड सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढ्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया