२०८२ फाल्गुन ६ | Feb 18, 2026

 बिजनेसपाटी हेल्थ टिप्स-फाइमोसिस भनेको के हो?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
3.6k views

लिङ्गको टुप्पामा रहेको छाला पछाडि तान्न नसकिने अवस्था नै फाइमोसिस हो। सामान्यतया बच्चामा यो प्राकृतिक हुन सक्छ, तर ठूला उमेरमा भने समस्या मानिन्छ।

हुने प्रमुख कारणहरू
संक्रमण (ब्याक्टेरिया वा फंगल)
लिङ्ग सफा नराख्नु
बारम्बार सूजन वा घाउ हुनु
मधुमेह (डायबिटिज)
जबरजस्ती छाला तान्दा बनेको घाउ/दाग (scar)

देखिन सक्ने लक्षणहरू

छाला पछाडि नफर्किनु
पिसाब गर्दा दुखाइ वा जलन
यौन सम्पर्क गर्दा दुख्ने
लिङ्गको टुप्पा सुन्निनु वा रातो हुनु
दुर्गन्ध वा सेतो पदार्थ जम्नु

उपचार के हुन्छ?
समस्याको गम्भीरताअनुसार उपचार फरक हुन्छः
औषधि र मल्हम (डाक्टरले दिने स्टेरोइड क्रिम)
संक्रमण भए एन्टिबायोटिक/एन्टिफंगल औषधि
गम्भीर अवस्थामा सर्जरी (Circumcision)

फेसबुकबाट तपाईको प्रतिक्रिया