२०८२ फाल्गुन ६ | Feb 18, 2026

रौतहट चार मा – रास्वपाबाट गणेश पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.7k views

ललितपुर – रौतहट क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश पौडेलले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा टिकट पाएका छन् । पौडेल सोही क्षेत्रका स्थानीय बासिन्दा हुन् र समाजसेवामा सक्रिय एक युवा नेता रूपमा परिचित छन् ।

लामो समयदेखि रौतहट जिल्लाको शिक्षा, सहकारिता तथा सामाजिक क्षेत्रमा क्रियाशील पौडेल इमानदार र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिँदै आएका छन् । उनले एक दशकभन्दा बढी समय शिक्षण पेशामा आबद्ध रही शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

पौडेल हाल संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन्। सो सहकारीलाई जिल्लाकै उत्कृष्ट सहकारीका रूपमा विकास गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसका साथै रौतहट जिल्लामा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न उनको योगदान प्रशंसनीय मानिन्छ ।

त्यसैगरी, पौडेल एक सक्रिय युवा व्यवसायीसमेत हुन् । विभिन्न क्षेत्रमा लगानी गर्दै रोजगारी सिर्जना गर्न उनले निरन्तर योगदान दिँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया