२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाली र्‍याप संगीतमा जीबीओबी को दबदबा, देशभर बढ्दो लोकप्रियता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
2.1k views

ललितपुर । जीबीओबी नेपाली र्‍याप संगीत क्षेत्रमा आफूलाई एक उत्कृष्ट र प्रभावशाली र्‍यापरका रूपमा स्थापित गर्न सफल भएका छन्। आफ्नै फरक शैली, सशक्त लिरिक्स र दमदार स्टेज प्रस्तुतीका कारण उनी आज नेपालका सबैभन्दा चर्चित र धेरै माग हुने र्‍यापरमध्ये एक बनेका छन्।

पछिल्ला केही वर्षयताजीबीओबी ले देशभर ठूलो फ्यान फलोइङ निर्माण गरेका छन्। उनका गीतहरूमा नेपाली समाज, युवा सोच र सडक यथार्थको झल्को पाइन्छ, जसले श्रोतामाझ गहिरो प्रभाव पार्दै आएको छ। यही कारण उनका कार्यक्रमहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिन्छ। जीबीओबी हाल नेपालका विभिन्न मेला, महोत्सव तथा ठूला सार्वजनिक कार्यक्रमहरूमा अत्यधिक माग हुने कलाकार बनेका छन्।

कार्यक्रम आयोजकहरूका अनुसार जीबीओबी को प्रस्तुती हुँदा दर्शकको उत्साह र सहभागिता निकै उच्च हुने गर्दछ। हालै मात्र जीबीओबीले गोरखा लगायत नेपालका विभिन्न स्थानहरूमा भव्य प्रस्तुती दिएका छन्। ती कार्यक्रममा उनले देखाएको स्टेज कन्ट्रोल, दर्शकसँगको प्रत्यक्ष संवाद र ऊर्जावान र्‍याप प्रस्तुतीले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। संगीत समीक्षक तथा श्रोताहरूले जीबीओबीको र्‍याप गर्ने स्वाद, लिरिकल सेन्स र मौलिकतालाई अन्य धेरै र्‍यापरभन्दा उत्कृष्ट मान्दै आएका छन्। यही विशेषताका कारण उनी आज देशव्यापी रूपमा लोकप्रिय र्‍यापर को रूपमा चिनिएका छन्।

निरन्तर लाइभ कार्यक्रम, बढ्दो लोकप्रियता र संगीतप्रतिको समर्पणका साथ जीबीओबी नेपाली र्‍याप संगीतको अग्रपंक्तिमा उभिएका छन्। आगामी दिनहरूमा उनीबाट अझ ठूला र प्रभावशाली सिर्जनाहरूको अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया