बढ्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ८
|
2.4k views

ललितपुर - केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ४०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ ।

      आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube