घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ४
|
1k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube