२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुन–चाँदी सस्तो हुँदै, लगातार ओरालो यात्रामा मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
969 views

ललितपुर – स्थानीय बजारमा सुन र चाँदीको मूल्य आज फेरि घटेको छ । अघिल्ला दिनहरूको तुलनामा दुवै धातुको भाउ ओरालो लाग्दै गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख कायम गरिएको छ भने चाँदी प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ६५ मा किनबेच भएको थियो । त्यस्तै, बिहीबार सुन रु तीन लाख ३९ हजार ३०० तथा चाँदी रु सात हजार ५०५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

मूल्य घट्ने क्रम बुधबार र मङ्गलबारदेखि नै सुरु भएको देखिन्छ । बुधबार सुन प्रतितोला रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ३०० थियो भने मङ्गलबार सुन रु तीन लाख नौ हजार ३०० र चाँदी रु छ हजार ८७० कायम गरिएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ८६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया