२०८२ चैत्र १६ | Mar 30, 2026

सांसद हर्क साम्पाङमाथि ज्यान मार्ने र घर जलाउने धम्की

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
408 views

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङले आफूलाई मार्ने र घर जलाउने धम्की आएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा धम्की दिने व्यक्तिको स्क्रिनसटसहित सार्वजनिक गरेका हुन् । स्क्रिनसटमा सुनिता खड्का नामको आईडी देखाइएको छ ।

सांसद साम्पाङले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकले धम्की दिएको उल्लेख गर्दै, आजै सीआईबीमा उजुरी दिने तयारी रहेको बताएका छन् ।

उनले थप प्रश्न गरेका छन् कि, सरकार एक पक्षीय दादागिरीमा छ भने देशमा अराजकता बढ्नेछ । साथै, उनले संसद बैठक बोलाएर सरकारको कामप्रति प्रतिपक्षले प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया