२०८२ फाल्गुन ६ | Feb 18, 2026

हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.2k views

ललितपुर – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा हालसम्म चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

हालसम्म उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ तथा श्रम संस्कृति पार्टीबाट हर्कराज राई ९हर्क साम्पाङ रहेका छन् ।

मनोनयन दर्ताको अन्तिम समय सम्म थप उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया