|
|
२०८२ माघ १२
1.1k views
ललितपुर – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको विकास श्रम बिना सम्भव नरहेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष साम्पाङले भने, “काम नगरी देश बन्ने होइन । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति रोक्नुपर्छ, र सबै नागरिक उत्पादनशील काममा संलग्न हुनुपर्छ ।
साम्पाङले राजनीतिक दलहरूले विकासका नाममा मात्र भाषण र आश्वासन दिने गरेको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमा उतारेको दाबी गर्नुभयो । उहाँका अनुसार बेरोजगारी, गरिबी र परनिर्भरता समाधानका लागि युवालाई श्रममा सक्रिय बनाउनु अनिवार्य छ ।
अध्यक्ष साम्पाङले विदेशको सहयोग मात्रले देश नबन्ने र आफ्नै स्रोत र श्रम प्रयोग गरेर विकास गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “विदेशी आएर हाम्रो देश बनाईदिंदैनन् । आफ्नो देश आफैंले बनाउनु पर्छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया