|
|
२०८२ चैत्र १६
255 views
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरुद्ध ज्यानमार्ने धम्की आएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
सोमबार उनले लिखित उजुरी दर्ता गराउँदै सामाजिक सञ्जालमार्फत आएको धम्कीबारे कानुनी कारबाही माग गरेका हुन् ।
उजुरीअनुसार ‘सुनिता खड्का’ नामको टिकटक आईडीबाट घर जलाउने र ज्यान मार्ने धम्की आएको उल्लेख गरिएको छ ।
साम्पाङले आफू र परिवारलाई लक्षित गरी अपशब्द प्रयोग, गालीगलौज तथा भ्रम फैलाउने गतिविधि भएको भन्दै प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।




















फेसबुकबाट तपाईको प्रतिक्रिया