२०८२ चैत्र १६ | Mar 30, 2026

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गर्नुभयो । उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद््मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्नसक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो ।

“यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरु धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया