२०८२ चैत्र १५ | Mar 29, 2026

ओलीको स्वास्थ्यमा जटिलता, टिचिङ अस्पतालमा उपचारत

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
459 views

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना रहेका ओलीको स्वास्थ्य अवस्था जटिल बनेको अस्पतालले जनाएको छ ।

उनी हिजो बिहान पक्राउ परेलगत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकोमा मुटुको चाल बढ्ने समस्या देखिएपछि भर्ना गरिएको हो । अस्पतालका अनुसार ओली हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथायरायडिज्म लगायतका विभिन्न रोगबाट ग्रसित छन् ।

हाल उनी एनेक्स–१ को शय्या नम्बर ५०१ मा निगरानीमा राखेर उपचार भइरहेको छ । साथै, उनको केही वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया