२०८२ चैत्र १६ | Mar 30, 2026

ओली पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, आज सुनुवाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
204 views

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ तोकिएको छ ।

उक्त रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको हो । ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेकी हुन् ।

रिटमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभई पक्राउ गर्नु पूर्वाग्रही र गैरकानुनी भएको जिकिर गरिएको छ ।सर्वोच्चमा हुने बहसपछि ओलीको थुनाबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया