|
|
२०८२ चैत्र १६
459 views
प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा उपचाररत ओलीलाई भेट्न भण्डारी पुगेकी हुन् । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित विभिन्न उच्च पदाधिकारीमाथि कारबाही सिफारिस गरेको थियो ।
सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट गरेको हो । तर, यसबीच ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक मात्र पक्राउ परेपछि विरोध भइरहेको छ ।
सरकारमाथि प्रतिशोधको आरोप लागिरहेका बेला काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया