ललितपुर – महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) नीतिअनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा सक्रिय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसै अन्तर्गत, बैंकले लायन्स क्लब अफ काठमाण्डौं गुँराससँगको सहकार्यमा ललितपुरको श्री गन्धकुटी विहार, खोकना, वडा न. २१ मा बृहत स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ। उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर, मधुमेह तथा थाइराइड रोगको पहिचान, साधारण स्वास्थ्य जाँच तथा दन्त परिक्षणसमेत गराइयो ।
त्यसैगरी, सवारी दुर्घटना न्यूनिकरण, सवारी व्यवस्थापन र सडक अव्यवस्थित पार्किङ समस्या समाधानका लागि बैंकले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्ज, काठमाण्डौंसँग सहकार्य गर्दै विभिन्न ट्राफिक संकेत तथा रोड फर्निचर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरणका कार्यक्रममा नेपालसँगको सहकार्यमा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा न. १–६ का व्यक्तिहरूलाई परम्परागत व्यवसायिक सीप, पेशा एवं कला प्रमाणीकरण तथा आधुनिकिकरणमार्फत क्षमता अभिवृद्धि र आर्थिक आम्दानी बढाउन सिलाई मेसिन वितरण गरिएको छ ।
यसैगरी, रुपन्देहीको भानुपथ, सिदार्थनगर–०९ मा रहेको श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग गरिएको छ । खेलमैदानमा भाष्टक राखी रोलिङ्ग गराउने र पानीको निकास सुधार्न आवश्यक निर्माण कार्यमा बैंकले सहयोग पुर्याएको हो ।
बैंकका अनुसार, यस प्रकारका संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ ।




















फेसबुकबाट तपाईको प्रतिक्रिया