ललितपुर — म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । माघ ३ गते राति २० वर्षीया पुनमाया बिकको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरामा डेरा गरी बस्दै आएका ३२ वर्षीय प्रेम भनिने रमेश कामी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार रमेशलाई पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ गरी मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट रमेश पक्राउ परेका थिए । प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घटनामा प्रयोग भएको कम्ब्याट ज्याकेट, मोबाइल तथा सिमकार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया