लामो समय प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ ।
आयोजनाले चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट’ र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’को संयुक्त उपक्रम (युसिन–एआरटी जेभी)**लाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ। ठेक्का रकम भ्याट र प्रोभिजलनलसहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँ रहेको छ, जुन सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो ।
सम्झौताअनुसार, कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भार गर्नेछ ।
आयोजनाले कम्पनीलाई ठेक्का सम्झौताका लागि एक साताभित्र सम्पर्क गर्न बोलाएको छ । सम्झौता भएपछि कम्पनीले सुरुङमार्गभित्र उपकरण सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो यातायात सुरुङमार्ग हो, जसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया