२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेशनल लाइफले पोखरामा अभिकर्ताहरुलाई एकदिने तालिम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
612 views

ललितपुर – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ। कम्पनीले जारी गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत चयन भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखामा कार्यरत १८५ जना अभिकर्ताहरुलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा तालिम दिइएको हो।

तालिमबीच बीमा क्षेत्रका प्रसिद्ध प्रशिक्षक काजिम रजाले एमडीआरटी, सिओटी र टिओटी लक्ष्य हासिल गर्न अपनाउन सकिने विभिन्न रणनीति र फरक तरिकाले बजारमा प्रस्तुत हुने कला सम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेलज्युले अभिकर्ताहरुको मनोबल बढाउन र व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको बताए। उनले भने कि “मासिक योजना मन्थन देशभर ७०० भन्दा बढी छनौट भएका अभिकर्ताहरुलाई लक्षित गर्दै विभिन्न स्थानमा सञ्चालन गरिएको छ। साथै शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरुलाई सम्मान स्वरूप ‘मायाको चिनो’ पनि प्रदान गरिएको छ।”

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरुले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई सक्षम बनाउनुपर्ने अपेक्षा व्यक्त गरे। त्यस्तै, पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे।

तालिममा सहभागी अभिकर्ताहरुले यो प्रकारको तालिमबाट मनोबल उच्च भएको, सम्मान प्राप्त हुँदा मेहनतको कदर भएको र आगामी दिनमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया