ललितपुर – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन र कोषको प्रभावकारी उपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपमार्फत ५ अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरूमा ४ अर्ब ९४ लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ७५ करोड १७ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २५ करोड ५ लाख रुपैयाँ लगानी गरिनेछ। लगानी अवधि ३६६ दिनको हुनेछ र अवधिपछि मूलधनसहित सम्झौता अनुसारको ब्याज फिर्ता गरिनेछ ।
राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । विशेषज्ञहरूका अनुसार यस लगानीले बजारमा ब्याजदर स्थिर राख्न, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप व्यवस्थापनमा सकारात्मक प्रभाव पार्न र बैंकिङ प्रणालीमा तरलता प्रवाह बढाउन मद्दत गर्नेछ।
राष्ट्र बैंकले यसअघि पनि समय–समयमा आफ्ना कोष बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपमा लगानी गर्दै आएको बताइएको छ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया