२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुरक्षित रहौं, सतर्क रहौं: निपाह भाइरसप्रति स्वास्थ्य मन्त्रालयको अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
816 views

ललितपुर – छिमेकी देशमा निपाह भाइरसका सङ्क्रमण देखिएको तर नेपालमा यसको जोखिम कम भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था र निकायहरूलाई सतर्क गराएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरेको जानकारी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि जोखिम न्यून रहेको मूल्याङ्कन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबैलाई नआत्तिन तर सचेत र जिम्मेवार हुन आग्रह गर्दै जनस्वास्थ्य मापदण्डहरूको पालना आवश्यक रहेको बताए । उनी भन्छन्

  • फलफूल राम्ररी पखालेर मात्रै खाने, तरकारी राम्रोसँग पकाएर खाने
  • सफा पानी उमालेर मात्र पिउने
  • जनावरको गोठ र फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने
  • साबुनपानीले हात धुने र भीडभाडमा मास्क लगाउने

निपाह भाइरस सङ्क्रमण चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित फलफूलबाट, सङ्क्रमित व्यक्तिसँगको नजिकको सम्पर्क वा सुँगुरमार्फत सर्न सक्ने भएकाले, कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

संकेत हुने लक्षणहरूमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, खोकी, सास फेर्न गाह्रो, चक्कर लाग्नु, बान्ता, र गम्भीर अवस्थामा होस हराउनु पर्दछ। स्वास्थ्य मन्त्रालयले शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ र सङ्क्रमण रोकथामका मापदण्ड कडाइका साथ पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया