एनटी फाइबरको बढदो माग , जडानलाई प्रभावकारी बनाउन टेलिकमको तयारी

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ११
|
51 views

ललितपुर - नेपाल टेलिकमको एनटी फाइबर सेवामा ग्राहकको आकर्षण बढ्दै गएको छ । कम्पनीले मागअनुसार सेवा जडान गर्ने र गुणस्तर कायम राख्ने जनाएको छ ।

नेपाल टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै एनटी फाइबरप्रति ग्राहकको माग र विश्वास निरन्तर बढिरहेको जनाएको हो । यस सेवाबाट एउटै फाइबरमार्फत उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा लिन सकिन्छ ।

    बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाएको छ । माग धेरै भएका कार्यालयमा व्यवस्थापन थप प्रभावकारी बनाउने काम भइरहेको टेलिकमले जनाएको छ ।

    सेवा जडानमा आवश्यक उपकरण तथा सामग्रीको आपूर्ति सहज बनाउन पनि कम्पनीले प्रयास गरिरहेको छ । सरकारी कम्पनी भएकाले सामग्री खरिद तथा आपूर्तिमा आवश्यक प्रक्रिया पूरा गरेर सेवा निरन्तर सञ्चालन गरिरहेको टेलिकमले स्पष्ट पारेको छ ।

      फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यस सेवाबाट उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिन्छ । सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि टेलिकमले सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ ।

      बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको टेलिकमले जनाएको छ । मागको चाप बढी भएका कार्यालयमा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने कामलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

      सेवाग्राहीको मागअनुसार सेवा विस्तार गर्दै गुणस्तर सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको टेलिकमले स्पष्ट पारेको छ । साथै, सेवा प्रवाहमा अवरोध आउन नदिन आपूर्ति शृङ्खला व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक काम भइरहेको जनाएको छ ।

      सरकारी कम्पनी भएकाले आपूर्ति शृङ्खला व्यवस्थापनमा विधिसम्मत प्रक्रिया अवलम्बन गर्नुपर्ने र त्यसलाई निरन्तर सेवा प्रवाहसँग जोडेर अघि बढाइएको टेलिकमले उल्लेख गरेको छ ।

      एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरणा मिलेको कम्पनीको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube