दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
153 views

ललितपुर - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेले राससलाई जानकारी दिनुभयो ।

      बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube