ललितपुर – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले मंगलबार बसेको बैठकमा उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकर शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव रहेको छ । उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भईसकेका थिए ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका हुन् भने सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए प्राप्त गरेका थिए । अर्थशास्त्र र एमबीए इन फाइनान्समा उनले स्वर्ण पदक पनि जितेका थिए ।
उनको करियर सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट सुरु हुदै ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकमा काम गरेपछि अब शर्माले प्रभु बैंकको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया