ललितपुर – पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको आफ्नै पुर्खौली घर पुग्नुभएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका बेला आन्दोलनकारीले आगजनी गरेर पूर्ण रूपमा नष्ट गरिदिएका घरको अवस्थाबारे लेखकले स्थलगत जानकारी लिनुभयो । यसै बीच, आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा कांग्रेसका नेता लेखकले पनि पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर भ्रमण गर्नु भएको थियो ।
लेखकको काठमाडौंको नैकापमा रहेको घर भने सामान्य अवस्थामा छ, तर बेदकोट–८ मा रहेको पुर्खौली घर भने सुपर जलेर राखिएको छ । हाल उहाँ महेन्द्रनगरस्थित मर्मत गरिएको घरमा आश्रय लिनुभएको छ ।
पहिलोपटक पुर्खौली घर पुगेका लेखकले स्थानीयसँग साक्षात्कार गर्दै गाउँमा भइरहेका सडक र पूर्वाधार विकासका कामबारे जानकारी लिनुभयो ।
साथै, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालमा जित हासिल गरेर गृहमन्त्री बन्नुभएका लेखक यसपटक उम्मेदवार हुनुहुन्न । नेपाली कांग्रेसले डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट नदिँदा, पार्टीले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको थियो । यसपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिनु भएको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया