ललितपुर – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब क्यान्सर उपचार सेवा उपलब्ध हुने भएको छ। आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलबीच क्यान्सर उपचार सेवा विस्तार र आवश्यक जनशक्तिको आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
यस सम्झौतामा प्रतिष्ठानका डीन प्रा. रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको समेत रोहबर रहेको थियो । पहिले यहाँ क्यान्सरसम्बन्धी उपचार उपलब्ध नहुँदा साविक राप्ती अञ्चल र पश्चिम नेपालका नागरिकहरूलाई चितवन, काठमाडौँलगायत सहरमा महँगो शुल्क तिरेर उपचार गर्न जानुपर्ने बाध्यता थियो ।
उपकुलपति प्रा. लम्सालका अनुसार, सम्झौता कार्यान्वयन भएपछि स्थानीय क्षेत्रमा क्यान्सर उपचार सेवा उपलब्ध हुने हुँदा समय र खर्चको बचत हुनेछ र यस क्षेत्रमा सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया