|
|
२०८२ चैत्र २२
663 views
ललितपुर - जिल्ला प्रशासन कार्यालयले कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद दिइएको हो ।
प्रहरीका अनुसार बलात्कार सम्बन्धी कसुरमा औपचारिक जाहेरी नआएकाले हाल अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको छ । यसअघि अमेरिकामा बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमार्फत बलेमाथि जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया