२०८२ चैत्र १९ | Apr 02, 2026

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
561 views

सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११ः०० देखि २ः०० बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार त्यही दिन दिउँसो २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २२ गते अपराह्न २ः३० देखि ३ः३० सम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ । यस्तै चैत २२ गते अपराह्न ४ः०० बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने २३ गते दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया