२०८२ चैत्र २० | Apr 03, 2026

शेयर बजार ७४ अंकले घट्यो, १२ अर्ब १० करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
357 views

सेयरबजार पुनः ओर्लिएको छ । मंगलबार बढेको बजार बुधबार ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार २.६२ प्रतिशतले झरेको दिन बजारमा १२ अर्ब १० करोडको कारोबार भएको छ । यस दिन ३ करोड कित्ता किनबेच भएको छ। यसमा १३ वटाको मात्रै बढ्दा २५५ वटाको मूल्य घटेको छ । 

बढेका १३ मध्ये रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोको सेयरमा सर्किट ब्रेक लाग्दा भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको पनि ९.९९ प्रतिशतले बढेको छ । 

घटेका २५५ मध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको सेयरमा गिरावट देखिएको छ। यो सेयर ९.८४ प्रतिशतले घटेको हो । यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, शिवश्री हाइड्रोलगायत अधिकतम ७.२८ प्रतिशतसम्मले घटेका छन् । कारोबारमा आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ। उसको ७१ करोडको कारोबार भएको छ । 

त्यसैगरी अपि पावर ४५ करोड, ङादी ग्रुप पावर ४३ करोड, शिवम् सिमेन्ट ४२ करोड र नेपाल रिको ४२ करोडको कारोबार भएको छ। यस दिन सबै समूह राताम्य छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया