|
|
२०८२ माघ ८
1.1k views
ललितपुर । साताको अन्तिम कारोबारका दिन सेयर बजार नौ अंकले बढेको छ । ९.२३ अंकले बढेको हो । यो सँगै बजार मापक २७१४.६१ विन्दुमा कायम भएको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने बजारसँगै १६२ कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नौ अर्ब सात करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ९० लाख ७५ हजार कित्ता सेयर ९४ हजार १७४ पटकमा खरिद–बिक्री भएको हो ।
समूहगततर्फ बैंकिङ ०.३१, म्युचअल फन्ड ०.०७ र व्यापार सूचक १.१५ प्रतिशतले घटेको छ । बाँकी समूहको सूचक बढेको छ ।











फेसबुकबाट तपाईको प्रतिक्रिया