|
|
२०८२ चैत्र १८
357 views
गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गरेका छन् । मन्त्री गुरुङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिए । उनले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाए ।
गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराएका थिए ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया