२०८२ फाल्गुन ६ | Feb 18, 2026

ललितपुर २९को जल : आँखा तथा कान उपचार केन्द्रमा सुपथ मूल्यमा मोतीबिन्दुको शल्यक्रिया सेवा ( भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
1.2k views

ललितपुर । ललितपुर महानगरपालिका वडा २९ ले वडावासीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आज त्यहाँ स्थित जल : आँखा तथा कान उपचार केन्द्रमा सुपथ मूल्यमा मोतीबिन्दुको शल्यक्रिया सेवा प्रदान गरेको छ । 

यस अघि उक्त केन्द्रको परीक्षणबाट मोती बिन्दुको  उपचार गर्नु पर्ने पहिचान भएकाहरूलाई वडामै सुपथ मूल्यमा शल्यक्रिया सेवा दिइएको वडाध्यक्ष गणेश  कुमार महर्जनले जानकारी दिएका छन् । 

उपचार केन्द्रमा आज २५ जनालाई उक्त सेवा दिइएको केन्द्रका इन्चार्ज डाक्टर चन्द्र  नारायण चौधरीले जनाकारी दिए ।

 शल्यक्रिया सेवा दिने टिममा सगरमाथा चौधरी आँखा अस्पताल लहानका  सर्जन डा सञ्जय सिंह र अर्का एनेस्थेसियालोजिष्ट डा सञ्जय सिंह छन् । 

नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा  सगरमाथा चौधरी आँखा अस्पताल लहानको  प्राविधिक सहयोगमा उक्त केन्द्र खोलिएको हो । वडा अध्यक्ष महर्जनले केन्द्रले आँखा, कानको उपचार सेवा लिन टाढा जानु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।


https://www.facebook.com/share/v/1AitpsHzeY/

फेसबुकबाट तपाईको प्रतिक्रिया