२०८२ फाल्गुन ६ | Feb 18, 2026

अप्रत्यासित रुपमा बढिरहेछ सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ७
|
8.9k views

ललितपुर। पछिल्ला दिनमा सुनको मूल्य अप्रत्यासित रुपमा बढिरहेको छ । छोटो समयमा सुनको मूल्य तीव्र गतिमा बढिरहेको छ ।

आज एकैदिन सुनको मूल्य ३ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

पछिल्ला दिनहरुमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया