२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजदेखि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
1.3k views

ललितपुर । अष्ट्रेलिया सरकारले आज अर्थात् डिसेम्बर १० देखि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरुमाथि पूर्ण प्रतिबन्ध लगाउने भएको छ । यससँगै अष्ट्रेलिया सामाजिक सञ्जाल प्लेटफर्महरुमाथि पूर्ण प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बनेको छ ।

बालबालिको सुरक्षा र स्वास्थ्यलाई लिएर यस किसिमको कदम चालेको बताउँदै अष्ट्रेलियाले आजदेखि १६ वर्षमुनिका बालबालिकालाई टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्राम जस्ता साइटहरु खोल्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलिया सरकारले यो नियम उल्लंघन गरे यस्ता कम्पनीहरुलाइए ४.९५ करोड अष्ट्रेलियाली डलरसम्मको जरीवाना हुने जनाएको छ । बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देशहरु पनि यस्तै उपायहरुमाथि गम्भीरतापूर्वक निर्णयले तयारीमा देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया