२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज त्रिविको ५१औं दीक्षान्त समारोह, नोबेल पुरस्कार विजेता प्रमुख अतिथि

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १०
|
2.2k views

ललितपुर । आज त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको छ ।

दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका छन् । टोकियो विश्वविद्यालयमा आबद्ध काजिताले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालका अअनुसार यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । ५१ औं दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुनेछन् भने विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए ।

आजको कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया