|
|
२०८२ पुष १६
22.2k views
ललितपुर । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ७ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार कायम गरिएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले घटेको होे । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा खरिदविक्री भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया