|
|
२०८२ कार्तिक २०
12.7k views
ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । विहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँका दरले वृद्धि भएको हो । जसअनुसार विहीबार चाँदीको मूल्य ३ हजार १० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी २ हजार ९ सय ९० रुपैयाँमा खरिदविक्री भएको थियो ।








फेसबुकबाट तपाईको प्रतिक्रिया