
ललितपुरं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
यसैगरी वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पनि देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन् । मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन् ।
डा. रुइतले भने, ’सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ । संयम बनौं ।
फेसबुकबाट तपाईको प्रतिक्रिया