२०८२ फाल्गुन ६ | Feb 18, 2026

आफूले केन्द्रीय सदस्य जित्ने समावेशी (थारु ) तर्फकी उम्मेदवार शान्ता चौधरीको दाबी 

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १
|
24.3k views



ललितपुर । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य समावेशी (थारु ) तर्फकी उम्मेदवार शान्ता चौधरीले आफूले जित्नेमा ढुक्क रहेको बताएकी छन् ।  बिजनेसपाटी सँगको कुराकानीमा उनले प्रतिनिधिहरूले आफूलाई योग्य उम्मेदवार भन्दै समर्थन गरेको बताइन् ।  उनले मतदान अपराह्न ४ बजे पछि सुरु हुने पनि जानकारी दिइन् । 

दुई जना महिला सदस्यले जित्ने निर्वाचनमा शान्ताको प्रतिस्पर्धीका रूपमा ईश्वर पोख्रेल पक्षीय उम्मेदवार जागेस्वरी चौधरी रहेकी छन् । अर्की उम्मेदवार मन्जुकमारी चौधरी भने दुवै तर्फकी उम्मेदवारको लिस्टमा छिन् । केपी ओली पक्षीय उम्मेदवार चौधरी दाङकी हुन् । 

पूर्व कम्लहरी  शान्ता कम्लहरी मुक्त भए पछि  २०६४ को संविधान सदस्य भएकी थिइन् ।   उनी  प्राकृतिक स्रोत साधन समितिको सभापति  पनि भएकी हुन् । २०७४ प्रतिनिधि सभा सदस्य तथा संसदीय दलको सचेतक समेत भेसकैकी उनी अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।  उनले राजनीति सँगै शान्ताको अचार मार्फत स्वरोजगार उद्यम पनि गरिरहेकी छिन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया