२०८२ फाल्गुन ६ | Feb 18, 2026

उच्च दरमा बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ३
|
21.4k views

ललितपुर । नेपाली बजारमा पछिल्लो एक महिनादेखि सुनको मूल्यमा निकै उतारचढाव आइरहेको छ । उचाइमा पुगेको सुनको मूल्य केही घटे पनि पछिल्ला केही दिनमा घट्ने र बढ्ने उस्तै उस्तै देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको २ हजार ८०० ले बढेको हो । जसअनुसार आज सुन २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी ३ हजार ९० रुपैयाँ कायम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया